18th June | 2018 | Monday | 5:22:15 PM

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै

  POSTED ON : Tuesday, 09 January, 2018 (12:29:24 PM)

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै

हिमालय टाइम्स काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज दिउसो ३ बजे बस्ने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा संयोजन समितिको बैठक बस्ने भएको हो । । 


प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि एकता संयोजन समितिको पहिलो पटक बैठक बस्न लागेको हो । चुनावमा सहकार्य गरेका एमाले र माओवादीले चुनावपछि दुई पार्टी एकता गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुरुप एमाले र माओवादी बीच पार्टी एकीकरण हुन लागेको विषयम छलफल हुने छ ।