19th January | 2018 | Friday | 10:59:09 AM

डा. केसीको बयान सकियो, सुनुवाई भोली

  POSTED ON : 2018-01-09 10:36:57

डा. केसीको बयान सकियो, सुनुवाई भोली

हिमालय टाइम्स काठमाडौँ ।  अदालतको मानहानी मुद्दामा पक्राउ परेर सर्वोच्च अदालत उपस्थित गराइएका डा गोविन्द केसीको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ ।

डा केसीले अदालतमा बयानका क्रममा न्यायालयको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको भन्दै आफ्नो लडाइँ न्यायलयको भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध भएको बताएका थिए ।

प्रधानन्यायाधीश पराजुलीलाई पदबाट हटाउनु पर्ने माग राख्दै अनसन बसेका केसीलाई अदालतको अवहेलना मुद्दामा सोमबार राती प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको थियो ।

डा. केसी अझै थुनामा नै रहेका छन् ।