19th November | 2018 | Monday | 11:14:21 AM

देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री देउवा

नारायण न्यौपाने   POSTED ON : Tuesday, 09 January, 2018 (6:37:23 PM)

देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिए । 

नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उनले भने, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।” 


नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको छैटौँ बैठक आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन लागेको सन्दर्भमा प्रधानमन्त्री देउवासँग समूहले मुलुकको प्राथमिकता र हालसम्म भएको प्रगतिका बारेमा परामर्श गरी सुझाव लिएको हो । 


बैठकको तयारीका लागि यसअघि उक्त समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाट गरी राय सुझाव लिइसकेको छ । रासस


Views: 32