22nd July | 2018 | Sunday | 8:49:25 PM

डा.केसी वीर अस्पतालबाट अदालतमा

  POSTED ON : Wednesday, 10 January, 2018 (11:37:17 AM)

डा.केसी वीर अस्पतालबाट अदालतमा

हिमालय टाइम्स काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा गोविन्द केसी वीर अस्पतालबाट सर्वोच्च अदालत आइपुगेका छन् । आज हुने बहसका लागि डा केसी सर्वोच्च उपस्थित भएका हुन्।

डा. गोविन्द केसीको मुद्दालागि बुधबार पुरुषत्तोम भण्डारी र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध सोमबारदेखि अनसन सुरु गरेका डा केसीलाई अदालतको मानहानी मुद्दामा सोमबार साँझ नै पक्राउ गरिएको थिया े।

हिजो उनको स्वास्थ्य अवस्था खस्किएपछि डा केसीलाई मंगलबार वीर अस्पताल भर्ना गरिएको थियो ।