Date:2018/01/16 |Tuesday

पार्टी एकता भाँड्न खोज्नेहरु माघे घाम ताप्छन् : ओली

Posted on: January 10, 2018 | views: 63 |

हिमालय टाइम्स काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता हुने स्पष्ट पारेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि आज बुधबार थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’ उनले भने, ‘हामी अहिले जनताको व्यवस्थापन गर्न्तिर लागेका छौं, नेताको व्यवस्थापनको चिन्ता नगर्नुहोस्, यति बुझ्नुहोस् पार्टी एकता हुन्छ, २० दिनभित्रै एकता हुन्छ ।’

ओलीले प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा ढिलाई गरेर सरकारले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएका छन् । ती काम छिटो गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

अर्को प्रसंगमा उनले विभिन्न बहाना देखाएर निर्वाचन आयोगले समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेरको र राष्ट्रियसभाका लागि दल दर्ता गर्न १५ दिनको समय दिएकोमा पनि आपत्ति जनाएका छन् ।

एकता हुन नदिने षड्यन्त्रमा कतिपय बुद्धिजीवी भनिनेहरु लागेको उल्लेख गर्दै ओलीले त्यसप्रति टिप्पणी गरेका छन्। ‘कतिपय खुराफाती विद्यामै पिएचडी गरेकाहरु लागेका छन्’ उनले भने,‘ती विद्यावारिधीहरुलाई म भनिदिन चाहन्छु । यीनका बुद्धिले यो हिउँदमा घाम ताप्छ ।’


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं