Date:2018/01/16 |Tuesday

माओवादी केन्द्रका मन्त्रीहरुले सामूहिक राजीनामा दिने

Posted on: January 11, 2018 | views: 64 |

हिमालय टाइम्स । माओवादी केन्द्रका मन्त्रीहरुले बिहीबार राजीनामा दिने तयारी गरेका छन् । उनीहरु अहिले विनाविभागीय मन्त्रीको हैसियतमा छन् । आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी भइरहेको मन्त्रीहरुले जनाएका छन् ।

मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताएका छन् । 

माओवादी केन्द्र एमालेसँगको चुनावी गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका थिए ।

एमालेले त्यसैसमय देखि मन्त्रीहरुलाई हटाउनका लागि माओवादीलाई दबाब दिइरहेको थियो । 


माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरुको नामावली–


मन्त्री

कृष्णबहादुर महरा

जनार्दन शर्मा

गिरिराजमणि पोखरेल

प्रभु शाह

टेकबहादुर बस्नेत

महेन्द्रबहादुर शाही

शिवकुमार मण्डल केवट

सन्तकुमार थारु

आशा कोइराला


राज्यमन्त्रीहरु

रामसिंह यादव

मोहम्मद जाकिर हुसेन

कर्णबहादुर विक 

श्यामकुमार श्रेष्ठ

छमबहादुर गुरुङ

वाङदी शेर्पा

गोमा कुँवर


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं