18th June | 2018 | Monday | 5:21:09 PM

वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक आज

  POSTED ON : Friday, 12 January, 2018 (11:08:31 AM)

वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक आज

हिमालय टाइम्स काठमाडौं । वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा छलफल गर्न कार्यदलको पहिलो बैठक सिंहदरबारमा बस्न लागेको हो ।

एमाले नेता तथा कार्यदलका एक सदस्य सुवास नेम्वाङले पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारीलगायत विषयमा छलफल गर्न शुक्रबार बिहान बैठक बोलाइएको जानकारी दिए ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले कार्यदल पार्टी एकताभन्दा पनि यसको साझा उम्मेदवार छनोट गर्ने गृहकार्यमा केन्द्रित हुने बताइएको छ ।

एमाले–माओवादी एकता संयोजन समितिको पुस २५ गते गरेको कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सहभागी छन् ।