Date:2018/01/16 |Tuesday

नेमारको निधारमा जुत्ता/

Posted on: January 12, 2018 | views: 75 |

एजेन्सी-

एमियन्स । यसै सिजनमा विश्व कीर्तिमानी मूल्य दुई सय मिलियन पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) पुगेका ब्राजेली स्टार नेमारले फ्रेञ्च लिगकप फुटबलको डेब्यु खेलमा बुधबार राति मैदानमा गरेको सेलिब्रेसनले खुबै चर्चा पायो । 

पिएसजीलाई सेमिफाइनल पु¥याउन पेनाल्टीमार्फत गोल गरेका नेमारले गोलको सेलिब्रेसनमा अनौठो शैली अपनाए । पेनाल्टीमार्फत गोल गरेपछि उनले आफ्नो जुत्ता फुकाले र निधारमा राखे । जुत्ता लड्ला भनेर उनले केहीबेर सन्तुलन पनि बनाइ राखे । 

नेमारसँगै पिएसजीका एड्रिएन राविओट्ले थप एक गोल गरेपछि एमिएन्सलाई २–० गोल अन्तरले पराजित गर्दै पिएसजी फ्रेञ्च लिगकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । एमिएन्सका गोलरक्षक रेगिस गुट्र्नरले ३४औं मिनेटमा पिएसजीका क्लालियन एमबाप्पेलाई लडाएपछि रेफ्रीले रेगिसलाई रातो कार्ड दिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित एमिएन्समाथि पिएसजीले दुई गोल गरेको हो ।

पहिलो हाफगोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सुरुवाती अग्रता लिन पिएसजीले पेनाल्टीको साहरा लिनु प¥यो । थोमस मोन्कोण्डुइट्ले नेमारलाई पेनाल्टी एरिया नजिकै लडाएपछि ५३औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नेमारले टोलीलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा राविओट्ले हेडमार्फत गोल गर्दै पिएसजीका लागि दोस्रो गोल थपे ।

सो खेलमा गोल गरेसँगै नेमारले पिएसजीले खेल्ने विभिन्न प्रतियोगिताका २२ खेलमा २० गोल गरिसकेका छन् । यसअघि पिएसजीबाट उनले लिगवान, च्याम्पियन्स लिग र फ्रेञ्च कप खेलिसकेका नेमारले बुधबार फ्रेन्च लिगकपमा पनि डब्यु गरेका छन् । पिएसजीले लगातार चारपटक फ्रेञ्च लिगकपको उपाधि जितिसकेको छ । यस सिजनमा पनिउपाधि दाबेदार मानिएको टोलीले सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ । 


तस्वीरः गोल गरेपछि सेलिब्रेसन गर्दै नेमार, तस्वीर सौजन्यः रोयटर्स


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं