21st September | 2018 | Friday | 12:03:35 PM

राष्ट्रियसभा उम्मेदवारका लागि एमालेद्धारा ६ बुँदे मापदण्ड तय

  POSTED ON : Friday, 12 January, 2018 (5:55:54 PM)

राष्ट्रियसभा उम्मेदवारका लागि एमालेद्धारा ६ बुँदे मापदण्ड तय

हिमालय टाइम्स काठमाडौँ  ।  एमालेले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका व्यक्तिलाई मात्र राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाउन भएको छ ।

एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । 

एमालेबाट यस्ता व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्ने छन् ।

–स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका

–संविधानको बमोजिम योग्यता पुगेको

–पार्टीमा लामो योगदान गरेको

–पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान र्पुयाएको

–भौगोलिक र सामाजिक सन्तुलन

–विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु उम्मेदवार बन्न सक्ने ।

बैठकले केही दिनयता तराई–मधेशमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । त्यसरी विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौँ व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीलाई तत्काल परिचालित हुन पनि निर्दे्शित गरेको छ । 

एमालेले माघ ५ गतेभित्रै उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।



Views: 53