Date:2018/01/16 |Tuesday

शीतलनिवासमा राष्ट्रपतिसँगै प्रचण्ड परिवारको डिनर

Posted on: January 13, 2018 | views: 61 |

हिमालय टाइम्स काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले शुक्रबार डिनर सँगै खाएका छन् ।

शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा दिइएको डिनरमा अध्यक्ष प्रचण्डसँगै उनकी पत्नी सीता , माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका छोराहरु प्रसिद्ध र प्रणब सहभागी थिए ।

डिनरमा प्रचण्डका जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बनेको तस्विरबाट पुष्टि हुन्छ ।


बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर ९ः३० बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको शितल निवास स्रोतले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो म्याग्दीको बेनी पुगेका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै साँझमा शीतलनिवास पुगेका हुन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं