Date:2018/01/16 |Tuesday

अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न सरकार डरायो : रावल

Posted on: January 14, 2018 | views: 52 |

हिमालय टाइम्स काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान बमोजिम सरकारले जतिसक्दो चाँडो प्रदेशसभा बस्ने ठाउँ र प्रदेश प्रमुख तोक्नुपर्ने बताएका छन् ।

सुरुमा आफूहरुसँग सल्लाह नगरी अघि बढेकाले अहिले पनि सरकारले गर्ने काममा आफूहरुको सहमति नहुने भन्दै रावलले गर्नुपर्ने सबै काम गर्न सरकारलाई आग्रह गरिएको बताए । रावलले प्रदेश प्रमुख तोक्ने काम सरकारको भएको भन्दै संविधानअनुसार राजनीतिक सहमति नचाहिने उल्लेख गरे ।

देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए सरकार छाड्न आग्रह गर्दै रावलले बाँकी काम वाम गठबन्धनको सरकारले गर्ने बताए । “सरकारलाई गाह्रो भयो, काम गर्न नसक्ने भए किन बसिरहने ? हामीले बहुमत प्राप्त गरिसकेका छौँ । हामी गछौँ । डराउने मान्छे किन बसिरहने कुर्सीमा ?” रावलले भने ।

राष्ट्रियसभाको मिति तोकिएको अवस्थामा अब प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिए पनि कुनै फरक नपर्ने रावलको भनाई थियो । यद्यपी प्रदेश प्रमुख र अस्थायी राजधानी भने तोक्नै पर्ने रावलले बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं