18th February | 2018 | Sunday | 5:00:26 AM

सर्वोच्चद्धारा मनाङ्गेलाई ५ बर्षको जेल सजाय आदेश

  POSTED ON : Tuesday, 16 January, 2018 (7:07:27 PM)

सर्वोच्चद्धारा मनाङ्गेलाई ५ बर्षको जेल सजाय आदेश

हिमालय टाइम्स काठमाडौं । भर्खरै सम्पन्न प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेद्वार बनि विजयी भएका प्रदेश सभामा दीपक मनाङ्गेलाई सर्बोच्च अदालतले जेल सजाय सुनाएको छ । 

मनाङ्गे गत निर्वाचनमा मनाङबाट एमालेको बागी उम्मेद्वारको रुपमा उठेर विजयी भएका थिए ।

अदालतले उनलाई कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै पाँच वर्षे जेल सजाय सुनाएको हो ।

न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलाशले मनाङ्गेले दोषी ठहर गरेको हो । कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध यो सजाय सुनाएको हो ।

यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत निलम्बनमा परेको छ । 


सम्बन्धित सामग्री: