18th February | 2018 | Sunday | 5:02:04 AM

ओली र प्रचण्डबीच भेटवार्ता – यस्तो भयो सहमति

  POSTED ON : Sunday, 21 January, 2018 (7:42:31 AM)

ओली र प्रचण्डबीच भेटवार्ता – यस्तो भयो सहमति

हिमालय टाइम्स । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् । पार्टीको नेतृत्वबारे दुई अध्यक्षबीच कुराकानी भएको तर, ठोस सहमतिमा नपुगिसकेको नेताहरु बताउँछन् ।

ओली निवास बालकोटमा भएको छलफलमा आइतबार ३ बजे संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । 

कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले र १४ माओवादीले पाउने सहमति जुटाइसकेको छ । मुख्यमन्त्री र सभामुखबारे सहमति हुँन बाँकि छ । 

आज बुझाउने भनिएको कार्यदलको रिपोर्टमा आवश्यक परे सामान्य हेरफेर गरेर अघि बढ्ने दुबै नेताबीच सहमति भएको छ ।


आजको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने दुबै नेताले बताएका छन् । 


सम्बन्धित सामग्री: