18th August | 2018 | Saturday | 11:36:16 PM

नेतृत्वमा सहमति जुटाउन: ओली–प्रचण्ड भेटवार्ता

  POSTED ON : Monday, 12 February, 2018 (3:21:45 PM)

नेतृत्वमा सहमति जुटाउन: ओली–प्रचण्ड भेटवार्ता

काठमाडौँ । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । 

ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनिहरु वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

उनिहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ ।