16th December | 2018 | Sunday | 5:46:17 PM

एमाले–माओवादी एकता नजिक, दुवै जना सहअध्यक्ष हुने संकेत

हिमालय टाइम्स   POSTED ON : Monday, 12 February, 2018 (6:42:23 PM)

एमाले–माओवादी एकता नजिक, दुवै जना सहअध्यक्ष हुने संकेत

 काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित एक नीजि घरमा भेटवार्ता भएको थियो । 

एमाले सचिव प्रदिपकुमार ज्ञवालीले केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको बताए । उनका अनुसार आजको भेट सकारात्मक दिशा तिर अघि बढेको र भोलि पुनः  दुई अध्यक्ष बीच भेटवार्ता हुने र सम्भवत पर्सी पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता निष्कर्षमा पुग्ने  बताए ।

सचिव ज्ञवालीले भने, ‘टुंगिने चरणमा छ भन्ने संकेत पाएको छु , भोलिको बैठकले अन्तिम निष्कर्षमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।’ 

दुई अध्यक्ष बीच हुँदै आएको वान टू वान वार्ता  केही दिन यता बाक्लिएको छ ।

 आज भएको छलफलले एकीकृत पार्टीको नेतृत्वमा दुवै दलका अध्यक्ष समान हैसियतमा रहने र सरकारको नेतृत्व समेत दुवै दलका नेताले आलोपालो गर्ने विषयमा सहमति नजिक पुगेको स्रोतको दाबी छ ।


Views: 18