16th December | 2018 | Sunday | 5:55:28 PM

घोडाघोडी नगरपालिकाका प्रमुखमाथि गोली प्रहार

  POSTED ON : Tuesday, 13 March, 2018 (8:26:42 AM)

घोडाघोडी नगरपालिकाका प्रमुखमाथि गोली प्रहार

धनगढी । अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन् । 


नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले सोमबार साँझ उहाँमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । 


नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रासस


Views: 3