18th September | 2018 | Tuesday | 9:05:41 PM

मतदान गरेपछि प्रधानमन्त्री ओलीले भने – मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ

  POSTED ON : Tuesday, 13 March, 2018 (1:27:04 PM) Views: 0

मतदान गरेपछि प्रधानमन्त्री ओलीले भने – मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । 


राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उनले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताए । 


प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए । 


संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । 

रासस