20th June | 2018 | Wednesday | 2:58:09 PM

राष्ट्रपति निर्वाचनको मतगणना सुुरु

  POSTED ON : Tuesday, 13 March, 2018 (4:10:04 PM)

 राष्ट्रपति निर्वाचनको मतगणना सुुरु

हिमालय टाइम्स काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना मंगलबार दिउँसो ४ बजेपछि सुुरु भएको छ । संघीय संसद नयाँ वानेश्वरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा नै मतगणना सुरु गरिएको हो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा, राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएकोमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए । 

अपरान्ह ४ बजे देखि मतगणना सुरु रु भएको हो ।