18th September | 2018 | Tuesday | 10:05:07 PM

राष्ट्रपति भण्डारीसँग बंगलादेशका राजदूतको भेट

  POSTED ON : Tuesday, 13 March, 2018 (7:11:02 PM) Views: 0

राष्ट्रपति भण्डारीसँग बंगलादेशका राजदूतको भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेका छन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् । उनले राजदूतमार्फत बंगलादेशका आफ्ना समकक्षी राष्ट्रपतिलाई समेत समवेदना सन्देश पठाएकी थिइन् ।

रासस