18th October | 2018 | Thursday | 12:27:43 PM

राष्ट्रपतिसँग बिदाइ भेट

  POSTED ON : Sunday, 15 April, 2018 (6:58:05 PM)

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज बिदाइ भेट गरेका छन् । 

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । 

त्यस अवसरमा राष्ट्रपति कार्यालय र यहाँस्थित साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो । 

रासस


Views: 5