22nd August | 2018 | Wednesday | 1:34:17 AM

मनोज पुनका सहयोगीलाई पार्टीले गर्यो कारवाही

  POSTED ON : Thursday, 26 April, 2018 (7:50:13 PM)

मनोज पुनका सहयोगीलाई पार्टीले गर्यो कारवाही

बुटवल । नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई आज कारवाही गरेको छ । 

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले आज विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जनाए । यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ । 

रासस