18th October | 2018 | Thursday | 7:00:21 AM

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

  POSTED ON : Thursday, 26 April, 2018 (8:25:41 PM)

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गरेकी छन् । 

उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरिन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उहाँले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेकी हुन् । 

रासस


Views: 2