19th October | 2018 | Friday | 11:20:33 AM

मैथिलीमा ट्विट गर्दै ओलीले भने मधेस विकासका लागि गम्भीर छु

  POSTED ON : Tuesday, 15 May, 2018 (8:06:01 PM)

मैथिलीमा ट्विट गर्दै ओलीले भने मधेस विकासका लागि गम्भीर छु

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारको नीति–कार्यक्रम र बजेटमार्फत तराई–मधेशको विकास र समृद्धिको चासोलाई सम्वोधन गर्ने बताएका छन् ।

प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गरेपछि उनले मधेशको विकासका लागि आफू गम्भीर रहेको र त्यस्ता कार्यक्रम ल्याउने बताएका हुन् ।  

सो प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले प्रधानमन्त्री ओलीलाई मंगलबार भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गरेका थिए ।

प्रदेश २ का सांसदहरुसँगको भेटपछि ट्वीट गर्दै प्रधानमन्त्रीले मधेशको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए ।

प्रधानमन्त्री ओलीले मैथिली भाषामा दुईवटा र नेपाली भाषामा एक ट्वीट गरेका छन् ।  जसमध्ये उनले मैथिली भाषामा दुईवटा ट्वीट गरेका छन् । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला प्रधानमन्त्री ओली मैथिली पोशाक लगाएका थिए ।


Views: 4