27th May | 2018 | Sunday | 6:15:59 AM

‘हजुर यो पटक सकिन अर्को पटक गर्छु संविधान संशोधन गर्छु भनेको छैन'

हिमालय टाइम्स   POSTED ON : Wednesday, 16 May, 2018 (1:34:02 PM)

 ‘हजुर यो पटक सकिन अर्को पटक गर्छु संविधान संशोधन गर्छु भनेको छैन'

काठमाडौं (हिटा) प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र आफ्नो भारत भ्रमणमा नेपालको स्वाभिमानमा आँच आउने कुनै काम आफूले नगरेको दाबीसमेत गरे । ‘हजुर संविधान संशोधन गर्छु’ भनेर विगतका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग घुँडा टेकेको आरोप लगाउँदै उनले पछिल्लो समयमा मोदीले नेपालको प्राथमिकता र आवश्यकताअनुसार सहयोग गर्छु भनेको बताए । सोही कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियानमा मुलुकलाई अगाडि बढाइने बताए ।

ओलीले जुनसुकै दिन पार्टी एकता घोषणा हुन सक्ने भन्दै कार्यकर्तालाई त्यसका निम्ति तयार रहन निर्देशन दिएका छन् ।

युवा संघ नेपालको २८औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एकता भाँड्न खोज्नेहरूलाई गतिलो जवाफ दिँदै कुनै पनि दिन एकता घोषणा हुनसक्ने बताए । ‘एमाले र माओवादी केन्द्रका नेताहरू दुईतिर फर्केको तस्वीर राखेर गलत प्रचार गर्नेहरूलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौं’, उनले भने, ‘चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमै माओवादी केन्द्रसँग एकता हुन्छ ।’