18th August | 2018 | Saturday | 12:40:09 PM

भोली एमाले–माओवादीबीच पार्टी एकताको घोषणा

  POSTED ON : Wednesday, 16 May, 2018 (5:39:54 PM)

भोली एमाले–माओवादीबीच पार्टी एकताको घोषणा

हिमालय टाइम्स काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने लगभग टुंगो लागेको छ ।  

पार्टी एकताकै विषयमा छलफल गर्न एमालेको स्थायी कमिटिको बैठक आज बस्दैछ । भोली एमालेले केन्द्रीय कमिटिको बैठक डाकेको छ । एमाले सचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार भोली सम्भवत पार्टी एकताको घोषणा हुने छ ।

 दुवै दलको शिर्ष नेताहरुले कुनैपनि समयमा पार्टी एकता हुने अभिब्यक्ति दिईरहेको समयमा पार्टी एकता तत्काल हुने उच्च स्रोतले बताएको छ ।

पार्टी एकताको बिषयमा हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपालबीच छलफल भएको थियो । आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो ।

पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् ।

 सम्भवत भोलि मदन भण्डारीको स्मृती दिवस परेकाले यो समयमै एकता घोषणा हुन सक्ने स्रोतको दावी छ ।