22nd July | 2018 | Sunday | 11:56:48 PM

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

  POSTED ON : Wednesday, 16 May, 2018 (6:29:35 PM)

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

महेन्द्रनगर, धनुषा । नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ । 

तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो । 

दिनभरिको व्यापक छलफलपछि पूर्व्जिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए ।

रासस