27th May | 2018 | Sunday | 6:17:04 AM

एकीकृत नेपाल कम्युनिष्ट पार्टीको विधान अनुमोदन

  POSTED ON : Thursday, 17 May, 2018 (5:06:10 PM)

एकीकृत नेपाल कम्युनिष्ट पार्टीको विधान अनुमोदन

हिमालय टाइम्स काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीको विधान अनुमोदन भएको छ ।  बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्दूीय समिति बैठक बसेको छ ।

एमाले र माओवादी केन्द्र दुवैको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ ।