27th May | 2018 | Sunday | 6:16:50 AM

एमाले–माओवादी केन्द्र एकीकृत पार्टीको यसरी गरियो पद बाँडफाँड

  POSTED ON : Thursday, 17 May, 2018 (5:27:00 PM)

एमाले–माओवादी केन्द्र एकीकृत पार्टीको यसरी गरियो पद बाँडफाँड

हिमालय टाइम्स काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीको पद बाँडफाँड लगभग टुंगिएको छ । एकीकृत पार्टीको केन्द्रीय अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बन्ने निश्चित भएको स्रोतको दावी छ । 

त्यसैगरी उनीहरु सहितको  ९ सदस्यीय मुख्य पार्टी नेतृत्व हेर्डक्वाटर  बन्ने निश्चित भएको छ । उनीहरु पार्टी सञ्चालनमा निर्णायक भूमिकामा रहने छन् ।

स्रोतकाअनुसार दुई अध्यक्ष पछिको वरियतामा  झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहने छन् ।

एकिकृत पार्टीको महासचिवको जिम्मेवारीमा विष्णु पौडेल रहने स्रोतको दावी छ । 

स्थायी कमिटी ४३ सदस्यीय रहने छन भने केन्द्रीय सदस्यमा ४४१ जना रहने छन् । ४३ स्थायी कमिटि अन्तर्गत एमालेबाट २५ र माओवादीबाट १८ नेता रहने बताइएको छ ।  त्यसैगरी केन्द्रीय कमिटिमा एमालेबाट २४१ र माओवादीबाट २०० सदस्य राख्ने निश्चित भएको छ ।

आजै साँझ राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।