19th October | 2018 | Friday | 9:53:55 AM

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नयाँ तरिकाले लिए सपथ

  POSTED ON : Thursday, 17 May, 2018 (7:07:48 PM)

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नयाँ तरिकाले लिए सपथ

हिमालय टाइम्स काठमाडौं । साविकका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विघटन भएका छन् । 

आज बालुवाटारमा जारी सम्युक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र भंग भएको घोषणा गरेका छन्।

जारी संयुक्त केन्द्रीय समिति बैठकमा ओलीले पार्टी विघटनको औपचारिक घोषणा गरेका हुन्। एकता प्रक्रियामा रहेका दुवै दलले यसअघि छुट्टाछुट्टै बैठकबाट आ–आफ्नो पार्टी विघटन गरेका थिए।

संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी रहेको छ ।

बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै चल अचल सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय समेत गरेको छ ।

एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । यसअघि सपथ लिँदा एक जनाले पढ्ने र सबैले दोर्होयाउने चलन थियो तर नयाँ पार्टी नेकपाका केन्द्रीय सदस्यले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरेका थिए ।


Views: 6