25th June | 2018 | Monday | 9:45:26 PM

प्रदेस नं ५ का जनप्रतिनिधिको तलब खाने बाटो खुल्यो

चन्द्रकान्त खनाल   POSTED ON : Tuesday, 12 June, 2018 (9:41:48 PM)

प्रदेस नं ५ का जनप्रतिनिधिको तलब खाने बाटो खुल्यो

रुपन्देही  । प्रदेश नम्वर पाँचका प्रमुख उमाकान्त झाले प्रदेश अन्र्तगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि बिधयक प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट आज बिधयक प्रमाणित भएको प्रदेश प्रमुखको कार्यालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ । यसअघि जेठ १६ गते बसेको प्रदेश सभाको बैठकले विधयक पास गरेको थियो । प्रदेश प्रमुखबाट विधयक प्रमाणिकरण भएपछी अव स्थानीय तहका जनप्रतिनिधिहरुलाई भत्ता खाने बाटो खुलेको छ ।

प्रदेश सभा बैठकले पारित गरेअनुसार अव जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव भत्ता  ४१ हजार रुपैयाँँ, उपप्रमुखको ३६ हजार रुपैयाँँ र सदस्यको १६ हजार रुपैयाँँ, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैयाँँ, उपप्रमुखको ३५ हजार रुपैयाँँ, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैयाँँ र वडा सदस्यको ९ हजार रुपैयाँँ हुनेछ ।

त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुपैयाँँँ, उपप्रमुखको ३० हजार रुपैयाँँ, वडा अध्यक्षको २५ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १३ हजार रुपैयाँ, सदस्यको ८ हजार रुपैयाँ र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैयाँँ , उपाध्यक्षको २७ हजार रुपैयाँ, वडा अध्यक्षको २० हजार रुपैयाँ, कार्यपालिका सदस्यको १२ हजार रुपैयाँ र सदस्यको ७ हजार रुपैयाँ हुनेछ । 

मासिक तलव भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउने छन् ।