15th December | 2018 | Saturday | 9:28:10 PM

प्रधानमन्त्री ओली असार ५ मा चीन भ्रमणमा जाने

हिमालय टाइम्स   POSTED ON : Wednesday, 13 June, 2018 (6:39:55 PM)

प्रधानमन्त्री ओली असार ५ मा चीन भ्रमणमा जाने

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  असार ५ गते ६ दिन लामो चीन भ्रमणमा जाने भएका छन्। 

चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गर्ने जनाएको हो । 

नेपालको परराष्ट्र मन्त्रलायले प्रधानमन्त्री ओलीको चीन भ्रमण हुने कुरालाई पुष्टि गरेको छ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । 

प्रधानमन्त्रीसंग टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । 

परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने छ ।



Views: 14