21st September | 2018 | Friday | 12:20:32 PM

गैससलाई पेल्दै सरकार

हिमालय टाइम्स   POSTED ON : Friday, 15 June, 2018 (2:23:36 PM)

गैससलाई पेल्दै सरकार

काठमाडौं । सरकारले गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) का पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ ।

गृहमन्त्रालयले बिहीबार ७७ वटै जिल्लामा पत्राचार गर्दै त्यस्ता संस्थाका पदाधिकारीको सम्पत्ति विवरण सिलबन्दी गरेर पठाउन निर्देशन दिएको हो । एनजिओ र आइएनजिओको गतिविधि नियन्त्रण गर्न सरकारले कडाइ गर्न लागेको हो । 

२०७५ जेठ २५ गतेको निर्णय अनुसार भन्दै गरिएको पत्राचारमा नवीकरणको हकमा उद्देश्यमा एउटामात्र कार्यक्षेत्र रोज्ने र उद्देश्य संशोधन गरिसकेपछि मात्रै नवीकरण हुने, लगातार तीन वर्ष भन्दा बढी अवधिसम्म नवीकरण नगरेका संस्थाको नवीकरण नहुने र प्रत्येक ४ महिनामा अनिवार्य रूपमा चौमासिक प्रगति विवरण पेस गर्नुपर्ने बेहोरासमेत उल्लेख छ । 

दर्ता नवीकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्ने तयारीमा गृह मन्त्रालय रहेको बताइएको छ । हाल नेपालमा करिब ५० हजार एनजिओ र २ सय बढी आइएनजिओ दर्ता भए पनि धेरैजसोले के काम गर्छन् भन्ने बारेमा राज्य अनभिज्ञ रहँदै आएको छ । 


Views: 0