22nd July | 2018 | Sunday | 10:41:03 PM

मेयरले सडक उद्घाटनमा डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे

हिमालय टाइम्स   POSTED ON : Friday, 15 June, 2018 (5:51:32 PM)

मेयरले सडक उद्घाटनमा डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे

 पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरले सडकको उद्घाटन गर्ने क्रममा पाँच जना घाईते भएका छन् । 

महानगरपालिका ५ मा पर्ने सिद्धार्थचोक र पर्स्याङचोकको बीचमा रहेको फिर्के खोलाको किनारमा ट्रयाक खोल्न लागिएको हो । 

 ट्रयाकको उद्घाटन महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर गर्ने कार्यक्रम थियो । जस अनुसार जिसीले एक्कासी डोजर चलाउँदा पत्रकारसहित ५ जना घाइते भएका हुन्।

डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्किएसँगै त्यसमा अडेस लागेकाहरु पत्रकार सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत अन्य स्थानीय तीन जना घाइते भएका छन्  । उनीहरु मध्ये केही  फिर्के खोलामा खसेका थिए ।

घाईतेहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको बताईएको छ ।