17th July | 2018 | Tuesday | 1:47:32 PM

बुद्धिजिवीका नाममा गालीगलौज हुनु अस्वभनीय : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : Wednesday, 11 July, 2018 (8:18:25 PM)

बुद्धिजिवीका नाममा गालीगलौज हुनु अस्वभनीय : प्रधानमन्त्री ओली

काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ्य आलोचनाको सरकारले स्वागत गर्ने तर बुद्धिजिवीका नाममा गालीगलौज हुनु स्वभनीय नहुने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार  अयोजना गरेको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलील स्वस्थ्य आलोचनाको सरकारले स्वागत गर्ने तर बुद्धिजीवीका नाममा गाली गलौज हुन नहुने बताए ।

जसले लडेर लोकतन्त्र स्थापित गर्यो र बहुमत ल्याएर सरकार गठन गर्यो त्यसै सरकारलाई लोकतन्त्रविरोधी भन्ने बुद्धिजीवीहरुप्रति चिन्ता व्यक्त गरे ।

ओलीले भने, ‘संघीय गणतन्त्र हामीले लडेर ल्याएका हौ, तदअनुरुप संविधान बनाएर र निर्वाचन गराएर बहुमतको स्थिर सरकार बनाएका छौं । जसले लडेर गणतन्त्र ल्यायो र बहुमत ल्याएर सरकारमा आयो भनेर लोकतन्त्र खतरामा पर्यो भनेर केही बुद्धिजीवीहरु भनाउँदा भन्दै छन् । तिनले लोकतन्त्रको ठेक्का लिएका छन् ।’

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने । 

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भने ।

ओलीले समाजलाई बाटो देखाउन कला, संस्कृति र साहित्यका माध्यमबाट योगदान पुर्याउने प्रतिभाहरुलाई सरकारले सम्मान गर्ने पनि बताए । 

पुरस्कार वितरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी समेतको उपस्थित थिए ।  

यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधामा सस्कृतिविद् प्रा.डा. रन्जना बजाचार्य, संगित तथा नाट्य विधामा वरिष्ट रंगकर्मी प्रचण्ड मल्ल, ललितकला विधामा वरिष्ठ मुर्तिकार ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधामा प्रा.डा. केशवप्रसाद उपाध्यायलाई  जनही रु एक लाख नगदसहित सम्मानपत्रले पुरस्कृत गरिएको हो । 

उक्त अवसरमा  भगत सर्व्जित मानव मर्यादा राष्ट्रिय  पुरस्कार दलित मुक्ति आन्दोलनका अगुवा पदमलाल विश्वकर्मा दलविर विश्कर्मा र लेखक राजेन्द्र महर्जनलाई  प्रदान गरिएको थियो ।

त्यसैगरी चारवटै विधामा विभिन्न २८ जना व्यक्तित्वहरुलाई रु ५० हजार नगद सहित सम्मानपत्रले प्रादेशिक  प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।