17th July | 2018 | Tuesday | 1:45:32 PM

वैधानिक बाटो रोज्न डा केसीलाई राज्मन्त्री अर्यालको आग्रह

  POSTED ON : Wednesday, 11 July, 2018 (10:18:00 PM)

वैधानिक बाटो रोज्न डा केसीलाई राज्मन्त्री अर्यालको आग्रह

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गरेकी छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गरिन् ।

विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उनको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उनले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताइन् । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताइन् । रासस