20th September | 2018 | Thursday | 3:18:55 PM

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

  POSTED ON : Wednesday, 11 July, 2018 (10:21:19 PM)

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलबार शुरु भएको उक्त बैठकले आगामी चैत मसान्तभित्र प्रदेश अधिवेशन र संयोजित संगठनहरूको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

पार्टीले आगामी पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्यसमिति गठन तथा पुनःगठन गरी २०७६ भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी आगामी पुस मसान्तभित्र संयोजित संगठनहरूको गाउँ तहसम्म कार्यसमिति गठन गर्ने र २०७६ साउनभित्र हिन्दुराष्ट्र पुनःस्थापनार्थ राष्ट्रिय जनजागरण अभियानको प्रदेशस्तरीय कार्यक्रम शुरु गर्ने निर्णय पनि भएको छ । रासस


Views: 0