17th July | 2018 | Tuesday | 1:48:12 PM

नेविसंघ विवाद उत्कर्षमा : असन्तुष्ट समूहद्धारा महाधिवेशनको कार्यतालिका घोषणा

  POSTED ON : Wednesday, 11 July, 2018 (10:36:03 PM)

नेविसंघ विवाद उत्कर्षमा : असन्तुष्ट समूहद्धारा महाधिवेशनको कार्यतालिका घोषणा

काठमाडौं ।  नेपाल विद्यार्थी संघमा बहुमत केन्द्रीय सदस्य रहेको बैठकको निर्णय भन्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । 

नेविसंघ ११औं महाधिवेशनबाट निर्वा्चित बहुमत केन्द्रीय समितिको बैठकको निर्णय भन्दै बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गरिएको हो । 

उपाध्यक्ष प्रकाश रानाको सभापतित्वमा बसेको बैठकको निर्णय भन्दै सो समुहले साउन २३ देखि २५ गतेसम्म काठमाडौं किर्तिपुरमा १२औं महाधिवेशन गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

यसरी पत्रकार सम्मेलन गर्ने समुह कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह निकट समुह हो । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष नविन राईले महाधिवेशनको कार्यतालिका वाचन गरर सुनाए । बैठकले संघको विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरु केन्द्रीय समितिको बहुमतको बैठकबाट मनोनयन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नविन राईले बताए ।

 त्यस्तै, बैठकले विधिवत अधिवेशन सम्पन्न गर्नका लागि पुर्ण केन्द्रीय समितिको बैठक साउन ४ र ५ गते बस्ने र सो बैठकले जिल्ला तथा क्याम्पसमा केन्द्रीय प्रतिनिधिहरु खटाउने निर्णय भएको केन्द्रीय सदस्य सुनिता पोख्रेलले बताइन् ।

आफुहरुको बैठकमा १२९ जना केन्द्रीय कार्यसमितिमा रहेका सदस्य मध्ये ८७ जनाको उपस्थिति रहेको असन्तुष्ट पक्षले दाबी गरेको छ ।

कार्यतालिका