20th September | 2018 | Thursday | 9:58:19 PM

‘किम जोङ शैली’ बन्द गर्न अमरेशकुमार सिंहको सरकारलाई ध्यानाकर्षण

हिमालय टाइम्स   POSTED ON : Thursday, 12 July, 2018 (6:56:04 PM)

‘किम जोङ शैली’ बन्द गर्न अमरेशकुमार सिंहको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको आदेशमा वीर अस्पताल परिसरस्थित ट्रमा सेन्टरमा कार्यरत् डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर धम्की दिइएको भन्दै संसदमा आपत्ति जनाइएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अहिले जनयुद्धकाल नभएको स्मरण गराउँदै ‘किम जोङ उन शैली बन्द गर्न’ सरकारको ध्यानाकर्षण गराएका थिए ।

मंगलबार ट्रमा सेन्टरका डा. अधिकारीलाई ‘गृहमन्त्रीको आदेशमा गृह मन्त्रालयमा अपहरण शैलीमा उठाएर लगिएको’ भन्दै उनले सरकार बुद्धिजीवी, पेसाकर्मीलगायतलाई आतंकित पारिएकोमा आपत्ति जनाए ।

भीसीपछि डाक्टरलाई आतंकित पारिएको भन्दै सांसद सिंहले ‘किम जोङ शैली’ बन्द गर्न माग समेत गरे ।


Views: 0