11th December | 2018 | Tuesday | 6:36:30 PM

मुलुकी ऐन कार्यान्वयन गर्ने तयारीमा सर्वोच्च अदालत

  POSTED ON : Friday, 10 August, 2018 (1:14:59 PM)

मुलुकी ऐन कार्यान्वयन गर्ने तयारीमा सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी अपराध (संहिता) र मूलुकी देवानी (संहिता) ऐन कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ । 

आगामी भदौ १ गतेदेखि मुलुकी देवानी, मुलुकी अपराध संहिता ऐनसहित मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, मुलुकी देवानी कार्य्विधि (संहिता) ऐन कार्यान्वयनमा आउँदै छन् । 

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्धारा मुलुकी देवानी र अपराध संहितालगायत कानून कार्यान्वयन गर्नका लागि आवश्यक कानूनको मस्यौदा तयार भइसकेको र एक हप्ताभित्र सम्पूर्ण काम पूरा हुने जानकारी गराइयो ।

‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै संहिताहरु माग गरिएका कानुनी व्यवस्थाहरुलाई सरलीकृत रुपबाट कार्यान्वयन गर्न अदालत तयार रहेको बताइन् । 

सो ऐनहरु कार्यान्वयन गराउनका लागि राष्ट्रिय न्यायिक प्रतिष्ठानले आवश्यक तालीमसमेत दिइसकेको छ भने न्यायाधीशको अध्यक्षतामा तीन वटा छुट्टाछुट्टै समितिले मूलुकी देवानी कार्य्विधि (अदालती कारबाही) नियमावली, २०७५ मुलुकी फौजदारी कार्य्विधि (अदालती कारबाही) नियमावली, २०७५ रहेको छ । 

त्यसैगरी, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) नियमावली २०७५, जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७३ (संशोधन) सहितका पाँच वटा नियमावली तयार र परिमार्जन भइसकेको प्रवक्ताद्धारो जानकारी गराइयो । रासस


Views: 24