15th December | 2018 | Saturday | 9:43:25 PM

अध्यक्ष प्रचण्डले छिमेकी राष्ट्र भारत र चीनको भ्रमण गर्ने

हिमालय टाइम्स   POSTED ON : Friday, 10 August, 2018 (3:02:16 PM)

अध्यक्ष प्रचण्डले छिमेकी राष्ट्र भारत र चीनको भ्रमण गर्ने

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्र भारत तथा चीन भ्रमण गर्ने भएका छन् ।

उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति भने टुंगो लागेको स्रोतले बतायो । 

 प्रचण्डले भदौ २२ देखि २७ सम्म  भारतको भ्रमण गर्ने तय भएको छ भने असोज १ गतेदेखि एकहप्ता लामो चीन भ्रमण गर्ने भएका छन्।

प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने स्रोतले बतायो ।


Views: 14