16th October | 2018 | Tuesday | 6:51:21 AM

सुन काण्डका विषयमा नयाँ टिमले थप अनुसन्धान गर्छ – गृहमन्त्री थापा

  POSTED ON : Friday, 10 August, 2018 (5:02:12 PM)

सुन काण्डका विषयमा नयाँ टिमले थप अनुसन्धान गर्छ – गृहमन्त्री थापा

चितवन  । गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका विषयमा नयाँ टिमले थप अनुसन्धान गर्ने बताएका छन् ।

आज शुक्रबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनकाण्डबारे छानबिनको धेरै काम टुङ्गिएको र बाकीँ काम अब अर्को टिमले गर्ने बताए हुन् ।

मन्त्री  थापाले भने ‘कर्मचारी सरुवा नियमित प्रक्रिया हो । छानविनमा असर गर्दैन, छानविनको प्रकृया करिब टुङ्गिइसकेको छ । केहीकाम बाँकी छ ।’ उनले भन । सुन तस्करीको मुद्दा अदालतबाटै निर्णय हुने पनि उनले बताए ।

साथै गृहमन्त्रीले विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड गैरकानुनी क्रियाकलापमा सहभागी भएकोले पक्राउ गरेको बताउँदै भने, ‘मन्त्रालयको काम कानुनको पालना गराउने भएकाले प्रकाण्ड चन्दा आतंक र ध्वसांत्मक गतिविधिमा संलग्न थिए त्यसैले पक्राउ गरियो । उनले भने,– ‘कानुन र विधीलाई उलंघन गर्ने अपराधी हुन्, अपराधीलाई नियन्त्रण गर्ने काम सरकारको हो।’

नेकपा विल्लव लगायतसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको उनले बताए । राजनीतिक रुपमा समाधान खोज्न सरकारले सम्वादमा आउन आहृवान गरेको गृहमन्त्री बादलले बताए ।

थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएका थिए । 

कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले समाजमा महिला, दलित, सीमान्तकृत वर्ग लगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए ।

राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पु¥याउन सक्नेछन् भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताए ।

आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने उनले बताए ।

 सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्न प्रहरी कर्मचारी सामूहिक र समर्पित रुपमा कानूनसम्मत तरिकाले लाग्नुपर्ने उनले बताए ।



Views: 3