19th November | 2018 | Monday | 1:21:42 PM

हत्याबारे छिटो सत्यतथ्य बाहिर ल्याउने छौं– गृहमन्त्री थापा

हिमालय टाइम्स   POSTED ON : Friday, 14 September, 2018 (6:59:06 PM)

हत्याबारे छिटो सत्यतथ्य बाहिर ल्याउने छौं– गृहमन्त्री थापा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानुनको कठघरामा आउने र हत्याबारे छिटो सत्यतथ्य बाहिर ल्याउने गृहमन्त्री राम बहादुर थापा बादलले बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यो घटनाको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताए।

उनले यसअघि आफूले  प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जिकिर गरे।

गृहमन्त्री थापाले भने, ‘निर्मला हत्याबारे अनुसन्धान जारी छ,घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउने कार्यमा सरकार क्रियाशील छ।

छानबिन समितिका एकजना सदस्यले अलग भएको घोषणा गरेपनि उनले राजीनामा नदिएको र उनको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने प्रतिवद्वतापश्चात समितिमा फर्किसकेको उनले उनले जानकारी दिए ।  

 निर्मला हत्याबारे सदन मात्र नभई आम जनताको माग पनि भएकाले निर्मला हत्याबारे सरकार अत्यन्तै गम्भीर भएको गृहमन्त्री थापाले बताए ।

गृहमन्त्रीले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए।

हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल  अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताए।

‘त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको टोलीसँगै उनलाई काठमाडौं ल्याइएको थियो, ’ थापाले भने ।


Views: 23