25th April | 2019 | Thursday | 1:28:52 PM

अब सरकारी खर्चमा नेताले विदेशमा उपचार गर्न जान नपाउने

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७५ (१:३४ PM)

अब सरकारी खर्चमा नेताले विदेशमा उपचार गर्न जान नपाउने

काठमाडौं । राज्यको ढुकुटीबाट उपचारको सुविधा भोग्दै आएका विशिष्ट व्यक्तिहरुका लागि अब त्यो सुविधा बन्द भएको छ । सर्वत्र आलोचनको विषय बनेको यो सुविधा कटौती हुने गरि संसदबाट जनस्वास्थ्य विधेयक पारित भएको छ ।

तर अब यो व्यवस्थापछि कोही पनि व्यक्तिलाई राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्न सरकारले खर्च दिन पाउने छैन। 

जनस्वास्थ्य विधेयकमा गगन थापा र खगराज अधिकारीले स्वदेशमा उपचार नगरी आफूखुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलव्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए।

समितिले सो प्रस्ताव स्वीकार गर्दै त्यसलाई थप स्पष्ट र विस्तारित गर्दै यस्तो प्रावधानसहित विधेयक पारित गरेको हो।

अब कुनै पनि नेपालीले विदेशमा उपचार गर्दा खर्च आफैले बेहोर्नुपर्नेछ । केही वर्षयता विदेशमा उपचार खर्च र आर्थिक सहायताका नाममा सरकारी रकमको दुरुपयोग हुने क्रम बढ्दो थियो। 


Views: 264

सम्बन्धित सामग्री:

खेत जोत्दै महिला

हिमालय टाइम्स : बैशाख १२, २०७६ (५:१७ AM)

माधव नेपाल चीन प्रस्थान

: बैशाख १२, २०७६ (३:५३ AM)