25th June | 2019 | Tuesday | 6:08:20 AM

वामदेवले चुनाव लड्ने इच्छा गरेपछि सांसद रामवीरले दिए राजीनामा

हिमालय टाइम्स   POSTED ON : आश्विन २३, २०७५ (१२:५९ PM)

वामदेवले चुनाव लड्ने इच्छा गरेपछि सांसद रामवीरले दिए राजीनामा

काठमाडौं । काठमाडौं ७ बाट विजयी भएका नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। 

काठमाडौंको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले राजीनामा दिइसकेको र सो पार्टीले स्वीकृत गर्ने बताएका छन् ।

नेकपा नेता वामदेव गौतमले काठमाडौं–७ बाट चुनाव लड्ने भएका कारण राजीनामा दिएको उनले बताए  ।

नेता गौतमका लागि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरेका थिए ।

काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वा्चि भएका हुन् भने बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका थिए।


Views: 153