16th December | 2018 | Sunday | 10:33:56 PM

कर्मचारीका कारण शिर झुक्यो : मन्त्री

रासस   POSTED ON : Wednesday, 10 October, 2018 (3:18:31 PM)

कर्मचारीका कारण शिर झुक्यो : मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आफू मातहतका कर्मचारीहरू नियमित रूपमा पक्राउ पर्ने गरेकोमा असन्तोष व्यक्त गरेकी छन् । उनले मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै भनिन्, ‘मालपोत र नापी कार्यालयका कर्मचारी अनियमितताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा मेरो शिर झुकेको छ ।’ ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताइन् । उनले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरूपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिइन् । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन नसक्ने जनाइन् ।


Views: 100