17th October | 2018 | Wednesday | 10:10:01 PM

नेकपाको चियापान कात्तिक १० मा

रासस   POSTED ON : Wednesday, 10 October, 2018 (3:24:12 PM)

नेकपाको चियापान कात्तिक १० मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको दशैं, नेपाल संवत, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । 

पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महŒवको ऐतिहासिक कार्यक्रममा रूपान्तरण गर्न पार्टीले तयारी गरेको छ । पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । विगतमा तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले अलगअलगरूपमा चाडपर्वका अवसरमा चियापानको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापान कार्यक्रम आयोजना हुन लागेको हो । 


Views: 57