19th November | 2018 | Monday | 1:56:39 AM

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

  POSTED ON : Sunday, 04 November, 2018 (3:29:01 PM)

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

हिमालय टाइम्स । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाचौँपटक नेपाल आउन लागेका छन् । आगामी मंसिर २६ गते विवाह पञ्चमीको अवसर पारेर उनी जनकपुर आउन लागेको स्रोतले जनाएको छ ।

उनको यो भ्रमण धार्मिकसँगै विशेष परियोजनाहरुको उद्घाटनमा केन्द्रित हुने जनाइएको छ । भर्खरै पुनस् सञ्चालनमा आएको जनकपुर–जयनगर रेलको उद्घाटनका साथै उनी विराटनगरको एकीकृत भन्सार जाँच विन्दु (आइसिपी)को उद्घाटनमा समेत सहभागी हुने स्रोतले बतायो । यी दुवै परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने बताइएको छ ।


Views: 130