19th November | 2018 | Monday | 2:30:48 AM

भावनात्मक एकता भञ्जन

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 05 November, 2018 (6:02:18 PM)

भावनात्मक एकता भञ्जन


वर्तमानमा नेपालीहरू नेपाली भएरभन्दा पनि अरू नै पहिचानले चिनिन थालेका छन् । आफूलाई नेपालीको मूलधारबाट अलग्ग पार्दै कोही भूगोलले चिनिने गौरव गर्छन् भने कोही जातजातिका आधारमा । धार्मिक आस्थाले त झन जोड्नभन्दा तोड्न सिकाउँछ । ‘वशुधैव कुटुम्वकं’ आर्दश हुनुपर्ने सनातनीहरू उल्टो अन्य आस्था राख्नेहरूले अतिक्रमण गरेको भन्ने ठानेर त्यसको उग्र प्रतिकार गर्ने थालेका छन् ।

संविधानले धारा ३ मा एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समिष्टिमा राष्ट्र हो भनेको छ । तर, संविधानले नागरिकलाई महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति,  अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिकरूपले विपन्न, खस आर्य  भनेर चिन्छ ।

विगतलाई सराप्ने र गाली गर्नेक्रमा ‘नेपालको भौगोलिक एकीकरण त भयो तर भावनात्मक एकीकरण भएन’ भनियो । यो कुरालाई युवापुस्ताले यसैरूपमा स्वीका¥यो, त्यसलाई सच्याउने आवश्यकता नै ठानिएन । नसच्याउनु गलत वा सही के थियो त्यो विवेचनै गर्नु नपर्ने गरेर वर्तमानमा नेपालीको भावनात्मक एकता टुट्ने क्रममा छ ।  यदि नेपाल भावनात्मक एकीकरण नभएको भए आज त्यो भावनात्मक एकता टुट्दै गरेको महसुस हुने थिएन । एकता सिध्याउन कुटिलापूर्वक समाजमा पैmलाइएका हल्ला हुन नेपालीमा भावनात्मक एकता थिएन भन्ने कुरा । 

यो वर्तमानमा यसरी झांगिँदै गएको छ कि सबै आफूमात्र सही र आफूले भनेबाहेकको कुराले स्थान पाउनु हुन्न भन्ने सोच बढेको छ । हिजो साथसाथै रहेकाले आफ्नो कुरा मानिदिएन भनेर आज पानी बाराबार गर्ने प्रवृत्ति देखापर्न सुरु भएको छ ।

विगत करिब एक दशकमा नेपाल र नेपालीले भोगेको र वर्तमानमा करिब उत्कर्षमा भएको भावनात्मक एकतामाथिको प्रहारले नेपालको मात्र भौगोलिक एकीकरण भएको होइन रहेछ भन्ने साबित गरिदिएको छ । जानेर होस् वा नजानेर धेरथोर सबै नै यो एकतामा हानी पु¥याउँदैछन् । के कस्तो शब्द वा अभिव्यक्तिले नेपालको साम्प्रदायिक सौहार्द्रतामा आक्रमण गर्नसक्छ भन्ने हेक्का राख्न कसैले पनि आवश्यक सम्झेको छैन । कोभन्दा को कमको शैलीमा कसरी एक अर्कामाथि कठोर शव्दवाण प्रयोग गर्न सकिन्छ भन्ने मानसिकताले समस्या झन् जटिल हुन्छ ।

कालो बादलमा चा“दीको घेरासरह केही आलोचनाको तारो भएर पनि यो एकतामा बल थप्न प्रयासरत छन् । यही निराशाबीच आशाको किरण हो तर त्यो प्रयत्नको जरो खन्न राजनीतिक वाद तयार छन् । पुराना जेजति थिए त्यसमा वर्षामा उम्रेका च्याउसरीका दल छन् । उनीहरूको घोषित प्रयत्न नेपाली नेपाली जोड्ने भए पनि कार्य उल्टो हु“दैछ । संगठन गर्न आफू इतरकालाई गाली गर्नै पर्ने र नेतृत्व चम्काउन आफ्ना नेतालाई देवत्वकरण गर्नैपर्ने प्रयत्नले जोड्ने होइन तोड्ने काम गर्छ । सपना देखाउने अनि गर्नुपर्ने अवस्थामा पुग्दा आफूसँग जादूको छडी नभएको भन्ने गैरजिम्मेवार नेतृत्वको बिगबिगीमा असन्तुष्टि पैदा हुन्छ नै । त्यही असन्तुष्टिको मलजलमा वाकपटुको दल हलक्क बढेको देखिन्छ । यो प्रवृत्तिले जुट होइन फुट बढाउँछ ।

फुटमा जुट कसरी हुन्छ, अनि राष्ट्रिय स्वाथ्र्य दलगत, गुटगत स्वार्थभन्दा अलग कसरी हुन्छ भन्ने उदाहरण भारतको संघमा देखिन्छ । सन् १९४७ मा गठन भएको भारतमा आत्मअनुशासन राखेर एकतामा खलल पर्ने वा विखण्डनको कुरा गर्नेहरूलाई कुनै सञ्चारमाध्यमले स्थान नै दिँनैनन् । कुनै व्यक्तिले, समाजले त्यस्ताको वास्ता गर्दैनन्, बरु त्यस्तालाई निरुत्साहित  गर्छन् । भारतमा नेपालमा भन्दा कम वैचारिक र अभिव्यक्ति स्वतन्त्रता होला भन्ने कल्पना गर्न सकिँदैन । त्यसैले यो उनीहरूले नागरिकले मुलुकप्रतिको कर्तव्य पालन गरेको अर्थमा बुभ्mन सकिन्छ । तर, नेपालमा भने त्यस्ता अभिव्यक्तिलाई वैचारिक स्वतन्त्रताको खोलमा प्रबद्र्धन गर्ने प्रवृत्ति बढ्दैछ । 

असल र खराब हरेक जातजातिमा हुन्छन्, हरेक समुदायमा हुन्छन् । कुनै खराब सदस्यले गरेको आचरणलाई कारण बनाएर सम्पूर्ण समुदाय या भूगोललाई दोषारोपण गर्न उचित हु“दैन । नेपालको विकासक्रममा हरेक क्षेत्र समुदायले उल्लेख्य योगदान दिएको छ । त्यसै गरेर वर्तमान विषम परिस्थितिको कारक पनि हरेक क्षेत्र समुदायका केही खराब सदस्य हुन् । क्षेत्र वा समुदाय होइन असल र खराब छुट्याउनु नै आजको आवश्यकता हो । यही कुरामा कम ध्यान जानु दुभाग्यपूर्ण अवस्था हो ।

जो व्यक्ति २०४७ ताका २१ वर्षको (त्यो बेलामा मतदान गर्न पाउने उमेर) थियो त्यसले नेपालमा आजको जस्तो द्वेष र घृणाले ठाउँ पाउला भन्ने सोचेको पनि थिएन । किनभने त्यसबेला नेपाली हुनुमा गर्व गर्नेहरूको बाहुल्य थियो चाहे त्यसको राजनीतिक आस्था जे होस् । वर्तमानमा त्यो पिँढी ४६ वर्षको उमेर काटेर अर्धबैँसे भइसकेको छ । नेपाली नेपालीबीचको एकता पुनर्वहाली गर्ने उत्कट इच्छा राखेर योभन्दा बढी केही गर्नसक्ने अवस्थामा छैन । त्यसपछिको पिँढीमा अधिकांश मानिस नेपालमा भावनात्मक एकता कहिल्यै थिएन भन्ने पत्याउनेहरू देखिएका छन् ।

पहिले थियो वा थिएन भन्ने बहस नगर्दा पनि अब भावनात्मक एकताको खा“चो छ, यो कुरा सत्य हो । यो फेरि इतिहास बनाउने बेला हो । भावनात्मक एकताको निमित्त अर्को पक्षले गरेन भनेर दोषारोपण गर्नुको साटो आफूले गर्नुपर्ने काम गर्ने हो भने यो कठिन पनि छैन । कुनै अभिव्यक्ति मन नपर्ने बित्तिकै त्यसको खोइरो खन्ने वा यो त कुनै पक्षप्रति पूर्वाग्रही सोच राख्ने कुरा कुकुरले खुट्टा टोकेमा कुकुरको खुट्टा टोक्ने श्रेणीका हुन् । 

यो मुलुक सबैको साझा हो, आपसमा अनेकौं असहमति हुन सक्छ । अनेकौं आपसी द्वन्द्व हुन सक्छन् तर ती असहमति वा द्वन्द्वले जन्माउने संघर्ष गर्ने भूमि त मुलुक नै हो । आज आफ्नो आवेशले मुलुकको अस्मिता, अखण्डतामा आ“च आउनसक्छ भनेर सोचिँदैन भने भोलि कुनै संघर्ष गर्ने थलो नरहन सक्छ । कसैले कसैसँग आत्मसमर्पण गर्नुपर्ने आवश्यकता छैन, केवल आफूले गरेको प्रहारले मुलुक कमजोर नहोस् भनेर सोचेमात्र पुग्छ । 

यहा“ मधेसी वा पहाडी भएर होइन नेपाली भएर बा“च्न चाहने निरीह जनताको बाहुल्य छ । यो पार्टीको वा त्यो पार्टीको होइन नेपालको हुन चाहनेको कमी पनि छैन । 

समुदाय रंग, वर्ण, पोशाकले अर्काको मुलुकप्रतिको आस्था र सद्भाव छुट्याएर काखी च्याप्ने वा दुत्कार्ने प्रवृत्तिको अन्त हुनैपर्छ । असल र खराब व्यक्ति छुट्याउनु पर्छ । असललाई काखी च्याप्ने र खराबलाई दुत्कार्ने संस्कृतिको विकास गर्नैपर्छ । चाहे त्यो खराबको समुदाय जे होस् त्यो त्याज्य हो असल असलको समुदाय जे होस् त्यो ग्राहृय हो । 

हरेक प्रकारको संघर्ष र त्यसमा गरिने प्रहार कडै होस् फरक पर्दैन तर एक समुदायले अर्को समुदायका केही खराबले गरेको कामका कारणले पूरै समुदायलाई दोषारोपण नगर्दा मात्र पुग्छ । यो कसैकसैको जु“गाको लडाइँमा वर्षांैदेखिका छिमेकी भाला, खुकुरी लिएर लड्न नलागून् । कसैले यही कारणले ज्यान गुुमाउनु नपरोस् । यसका निमित्त सबैले आफ्नो अभिव्यक्तिका शब्द चयनमा ध्यान पु¥याउनैपर्छ । राजनीतिभन्दा बाहेक नागरिकको जीवन हुन्छ भन्ने सत्य सबैले स्वीकार गर्नैपर्छ ।

(कार्की विराटनगरबाट लेख्छन् ) 


Views: 30