19th November | 2018 | Monday | 3:09:46 AM

कांग्रेस उपसभापतिमा गच्छदार मनोनित

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (7:08:04 PM)

कांग्रेस उपसभापतिमा गच्छदार मनोनित

काठमाडौं । नेपाली कांगेसको केन्द्रीय समितिको बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको छ। 

साथै बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेसले जनाएको छ ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।


Views: 53