27th May | 2019 | Monday | 3:11:03 PM

राजपामा नेतृत्व परिवर्तन, संयोजकमा राजेन्द्र महतो

हिमालय टाइम्स   POSTED ON : मंसिर ४, २०७५ (१:०० PM)

राजपामा नेतृत्व परिवर्तन, संयोजकमा राजेन्द्र महतो

 काठमाडौं । डेढ बर्ष अघि मधेश केन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो तोकिएका छन् ।

मंगलबार बसेको पार्टीको राजनीतिक समितिको बैठकले महतोलाई संयोजक बनाएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राजपा नेपाल, पार्टीको विधान अनुसार अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीको अधिवेशनलाई लक्षित गर्दै साधारण तथा सक्रिय सदस्यता वितरणको अभियान मंसिर मसान्तसम्म बढाउने निवेदनमा उल्लेख छ।



Views: 98